वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे ) बिक्रि सम्बन्धमा जारी गरिएको जरूरी सूचना

रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्किएका नेपाली नागरिकहरु तथा विदेशमा बसोवास गर्नुहुने गैर आवासीय नेपालीहरुका लागि वार्षिक १२.५ प्रतिशत व्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ बर्षे) मिति २०७९ जेठ 18 गते  देखि २०७९ साल आषाढ ६ गते(तदनुसार सन् २०२२ को जुन १ देखि २० सम्म) बिक्री खुल्ला हुने र सो बचतपत्र रोजगारीका लागि मुलुक बाहिर गएका वा विदेशमा रोजगारी गरी फर्केका नेपाली नागरिकहरु तथा विदेशमा बसोवास गर्ने गैर आवासीय नेपालीहरुले नेपाल राष्ट्र बैंकको Website मा रहेको URL/Link: https://obss.nrb.org.np/saving/ मा राखिएको प्रक्रिया अनुसार अनलाईन आवेदन भर्न सकिने व्यवस्था गरिएको जानकारी प्राप्त भएको व्यहोरा अनुरोध छ।

बचतपत्रका लागि आवेदन गर्ने सम्बन्धी जानकारी नेपाल राष्ट्र बैंकको वेबसाईटमा राखिएको User Guideline को URL/Link https://www.nrb.org.np/contents/uploads/2022/03/CSB-End-User-Guide.pdf बाट प्राप्त गर्न सकिनेछ।

साथै, यस सम्बन्धमा थप जिज्ञासा भएमा नेपाल राष्ट्र बैंकको देहायको ठेगानामा सम्पर्क गर्न सकिनेछ:

नेपाल राष्ट्र वैंक, मौद्रिक व्यवस्थापन विभाग
NRN Building, Kathmandu

इमेलः mmd@nrb.org.np
फोन नं. 977-01-4419804 (Ext. 833, 834, 835), 977-01-4419805, 977-01-4419807, 977 1 4412306

यस अवसरको सदुपयोग गर्नु गराउनुहुन कतारमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक अनुरोध गरिन्छ।

 

१२ जेठ २०७९

नेपाली राजदूतावास

दोहा, कतार।