संबिधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयाेजना गरी छैठौ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो । कतार सरकारकाे स्वास्थ्य सतर्कताकाे प्रावधान अनुरूप उक्त समाराेहमा सिमित संख्यामा कतारकाे गैह्आवासीय नेपाली तथा नेपाली समुदायकाे प्रतिनिधित्व रहेको थियो ।

राष्ट्रिय दिवसकाे शुभकामना व्यक्त गर्ने क्रममा महामहिम राजदूत डा. नारदनाथ भारद्वाजज्यूले नेपालको राजनैतिक परिवर्तनको ऐतिहासिकताको चर्चा गर्दै गणतन्त्र नेपालले सम्बृद्धिको दिशातिर यात्रा गरिरहेको सन्दर्भ उल्लेख गर्नु भयो।त्यस्तै गरी नेपाल र कतार बीचको दौत्य सम्बन्ध कायम भए देखि अझै प्रगाढ हुँदै गएको र कतारले गरेकोे विकास उदाहरणीय रहेको बताउँनु भयो। यसका साथै कतारमा रहेका नेपाली समुदायले कतारको विकासको यात्रामा गरेकोे योगदान कतारकाे सम्पूर्ण तहबाट प्रशंसा गरिएको सन्दर्भ पनि उल्लेख गर्नुभयो ।

महामहिमज्यूले कार्यक्रमकाे शुरूवातमा नेपालकाे राष्ट्रिय झण्डोत्ताेलन गर्नु भएको थियो भन्ने राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको थियो ।
——
नेपाली राजदूतावास, परिवार
दोहा ।
१९ सेप्टेम्बर २०२०