सगरमाथा आरोही कतारी नागरिक Fahad Badar लाई सम्मान

नेपाली राजदूतावास दोहा, कतारले आज मिति २०७६ साल असार १७ गते मंगलवार (तदअनुसार २ जुलाई २०१९) का दिन हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुहुने कतारी नागरिक श्री फाहाद बादर (Fahad Badar) लाई राजदूतावासमा आमन्त्रण गरी सम्मान गर्यो । श्री फाहादले गत मे २२-२३ मा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो ।

सगरमाथा आरोहण गर्ने दोश्रो कतारी नागरिक र एकै यात्रामा सगरमाथा तथा ल्होत्से हिमाल आरोहण गर्ने पहिलो अरब नागरिक भएकोमा उहाँलाई राजदूतावासको तर्फबाट सम्मानस्वरुप दोसल्ला ओढाई बधाई ज्ञापन गरिएको थियो।

श्री फाहादलाई बधाइ तथा सम्मान व्यक्त गर्दै कार्यवाहक राजदूत श्री लक्ष्मण खनालले नेपाल र कतारबीच जनस्तरमा रहेको मैत्रीपूर्ण सम्बन्धका बारेमा चर्चा गर्नु भयो ।  श्री फाहादले नेपाललाई आफ्नो दोश्रो घर भएको बताउँदै सगरमाथा आरोहणको सुखद अनुभव बाँडनुभयो । वहाँले नेपालको अथाह पर्यटकीय सम्भावनाबाट आफू प्रभावित भएको बताउनु भयो ।  यस अवसरमा वहाँहरूबीच नेपालको पर्यटन सम्भावनालाई प्रवर्धन गर्न आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल भयो ।   

सन २०१३ मा कतारी नागरिक Sheikh Mohammed Al Thani ले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो कतारी नागरि बन्नुभएको थियो ।