समस्यामा परेका नेपालीलाई राहत खाद्यसामग्री वितरण गरिएको सम्बन्धमा ।

विश्वव्यापीरूपमा फैलिएको COVID-19 को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरु विभिन्न माध्यमबाट दूतावासमा प्राप्त हुने गरेका छन । यसरी प्राप्त भएका जानकारी तथा गुनासाहरुको समाधानका लागि दूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदायसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ ।

यसै सम्बन्धमा कतार च्यारिटीसँग समन्वय गरी उक्त सँस्थाको सहयोगमा समस्यामा परेका ६०९ जना नेपालीहरुलाई राहत खाद्यसामग्री प्याकेट (Food Parcel) वितरण गरिएको व्यहोरा सबैमा अनुरोध छ । यसमध्ये गैह्रआवासीय नेपाली संघ कतार मार्फत ३३० प्याकेट र राजदूतावासले प्रत्यक्ष रुपमा २७९ प्याकेट वितरण गरिएको छ । उक्त राहत खाद्यसामग्री प्याकेटमा एक जनालाई दुई हप्ताको लागि पुग्ने खाद्यान्न रहेको छ । 

हालको असहज परिस्थितिमा आफूलाई परेका समस्याको जानकारी तथा गुनासाहरु राख्न अथवा आफ्ना चासो धारणा वा जिज्ञासा राख्न अन्य माध्यमका अतिरिक्त दूतावासले प्रयोगमा ल्याएको नयाँ   WhatsApp नम्बर +974 33560117 मा Text वा Voice Message पठाउन सकिने व्यहोरा अनुरोध छ ।

यसका साथै कतारमा रहेका नेपालीहरुको अवस्था र समस्याहरुको अभिलेखीकरण गरी त्यसको विश्लेषणबाट दीर्घकालीन रुपमा समस्याहरुको समाधानका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रयासस्वरुप दूतावासले प्रयोगमा ल्याएको गुगल फर्म https://forms.gle/2pqn6fJ5aTCFex1b6 मा आफ्नो विवरण भरी सहयोग गरिदिनुहुन समेत सबैमा पुन अनुरोध छ ।

नेपाली राजदूतावास

दोहा, कतार ।

207७/१/२४