सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले नेपाल भ्रमण गर्दा Fit To Fly Certificate साथमा राख्नुपर्ने सम्बन्धी जरुरी सूचना ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप विभिन्न मितिमा नेपाल एअरलाईन्स र हिमालय एयरलाइन्सको उडानहरुबाट नेपाल फर्कने क्रम जारी रहेको छ ।

यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरु मध्ये केहीले विमानस्थलमा पुगे पछि FIT TO FLY CERTIFICATE नभएको कारणले उडान गर्न असमर्थ हुनु भएको जानकारी हुन आएको हुँदा यस्तो अवस्थाका यात्रुहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुहुन सम्बन्धित सबैको जनकारीका लागि यो सूचना जारी गिरएको छ ।

उडानको लागि प्राथमिकता सूचीमा नाम रहेका व्यक्तिले सम्बन्धित एअरलाईन्सको आधिकारिक ट्राभल एजेन्सीबाट टिकट काट्ने बेलामा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पूर्णरुपमा जानकारी गराई FIT TO FLIGHT CERTIFICATE आवश्यक पर्ने नपर्नेबारे जानकारी लिन सकिनेछ ।
………………………………………….
२०७७/३/२४ ( ८ जुलाई २०२०)
नेपाली राजदूतावास
दोहा, कतार ।