सूचना!

१४० औ Inter-Parliamentary Union Assembly and Related Meetings मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी कतार आउनुभएका प्रतिनिधि सभा, संघीय संसदका सभामुख सम्माननीय श्री कृष्ण बहादुर महरा तथा उहाँको प्रतिनिधिमण्डलका माननीय सदस्यज्यूहरुसँग कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि/नेपाली समुदायको भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यसै सूचनालाई आधार मानी उपस्थित भइदिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

मितिः २०७5 चैत्र २७ गते, बुधबार
समयः साँझ ५:०० बजे
स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद, दोहा

नेपाली राजदूतावास
दोहा, कतार ।