दोहाबाट भएको ५० औं उडानबाट आज १४८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१४ (गते तदअनुसार ३० सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ४ महिलासहित जम्मा १४८ जना नेपालीहरू नेपाल फर्कनु भएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरूको यात्रा सहजिकरण र समन्वयका तथा बिदाईका लागि राजदूतावासका अधिकारीका साथै एन आर एन लगायत नेपाली डायसपोरा कम्यूनिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आज दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा महामहिम राजदूतज्यू आफै उपस्थित भई त्यहाँ कार्यरत ग्राउण्ड ह्याण्डलिंग स्टाफ तथा उक्त एअरलाईन्सका आधिकारिक ट्राभल एजेन्सीका प्रतिनिधिहरूलाई यो अवधिमा उहाँहरूले पुर्याउनु भएको सेवा र सहयोगका लागि नेपाली राजदूतावासको तर्फबाट धन्यवाद दिनु भएको थियो ।
हिमालय एअरलाईन्सको २ ओटा कर्पोरेट उडानसहित नेपाल र हिमालय एअरलाईन्स गरी दोहाबाट काठमाण्डौ ५२ ओटा उडान सम्पन्न भएका छन्।
अक्टोवर १, २०२० बाट नेपाल एअरलाईन्स, हिमालय एअरलाईन्स र कतार एअरवेजको नियमित दैनिक १।१ ओटा व्यवसायिक उडान हुने भएकोले अब उप्रान्त सिधै उक्त बिमानसेवाका आधिकारिक ट्राभल एजेन्सी मार्फत टिकट खरिद गरी यात्रा गर्न सकिने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।६।१४ ( ३० सेप्टेम्बर २०२०)