हालसम्मको प्राथमिकता सूचिमा नाम प्रकाशित भएका व्यक्तिहरुको एकमुष्ट नामावली

१. कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप प्रकिया पुरा भै यस राजदूतावासबाट हालसम्म प्रकाशित नामावलीको लिङ्क निम्नबमोजिम रहेको छ:
२.अत: प्राथमिकता सूचिमा नाम परेर नाम प्रकाशित भैसके तापनि विभिन्न कारणले हवाई टिकट लिन छुट्नु भएका व्यक्तिहरुले नेपाल एयरलाइन्सका अब हुने २६, २७, २९ र ३० सेप्टेम्बर २०२० तथा हिमालय एयरलाइन्सको २७ सेप्टेम्बर २०२० का उडानका लागि हवाई टिकट लिन देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ:
(नेपाल एयरलाइन्सको लागि)
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala
Mob +97466675150 Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np
(हिमालय एयरलाइन्सको लागि)
Cleopatra Travels, Doha, (D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333 Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com
३.नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा (समयको गणना SWAB collection गरेदेखि शूरु हुनेछ) भित्रको Covid-19 PCR Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । यात्रा गर्दा उक्त प्रमाणपत्रको सक्कल साथमा राख्नु पर्नेछ।साथै विमानस्थल चेकिङ्ग काउन्टरका लागि १ प्रति फोटोकपीसमेत साथमा राख्नु पर्नेछ ।
४.PCR Test नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने तथा PCR Test गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।
५ .होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ।
६.नेपाल फर्कने प्रयोजनका लागि कतारका तोकिएका निजी अस्पतालबाहेक निम्न सरकारी स्वास्थ्य केन्द्रहरुमा कोभिड १९ को PCR Test निशुल्क वा न्यूनतम शुल्कमा गर्न सकिने जानकारी सम्बन्धित सबैमा अनुरोध छ:
Workers Health Center – Hemaila Branch
Building 265, Street 35, Al-Taqa Street, Zone 81
Fereej Abdel Aziz Health Center
Al Farabi Street
Muaither Health Centre
Al Waab St, Ar-Rayyan
Rawadat Al Khail Health Cenre
B Ring Rd, Doha
Um Salal Health Centre
Al Shamal Rd, Umm Salal Muhammed
Gharafat Al Rayyan Health Centre
७. PCR Test का लागि कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा समेत सम्पर्क राख्न सकिनेछ। यस्ता प्राईभेट अस्पतालको सूचिको लिङ्क निम्नबमोजिम रहेको छ:
८. हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३०/- लाग्नेछ ।
९. राजदूतावासको प्राथमिकता सूचीमा नाम पर्न वा हवाईटिकट खरिद गर्न थप शूल्क (रकम ) बुझाउनु परेको केही गुनासाहरु प्राप्त भएको सन्दर्भमा यस प्रकारको कुनै शूल्क तिर्नु नपर्ने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।कसैले यस प्रकारको शूल्क वा रकम असुल गरेको पुष्टि भएमा कानूनबमिजम कारवाही गरिनेछ ।
१०.सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।
१०.हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ।सो फारामको लिङ्क निम्नबमोजिम रहेको छ: https://ccmc.gov.np/arms/person_add.php
१२.उक्त एअरलाईन्सको दोहा-काठमाण्डौ सेक्टरका आगामी उडानहरुका लागि प्राथमिकता सूचिको थप नामावली प्रकाशित गर्दै लगिनेछ ।
………………………
नेपाली राजदूतावास, दोहा ।
२२ सेप्टेम्बर २०२०