हिमालय एयरलाइन्सका थप उडान (३, ६, ८ र २३ सेप्टेम्बर २०२०) बारे सूचना

१.हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि ३, ६, ८ र २३ सेप्टेम्बर २०२० का लागि ४ ओटा उडान तय भएको जानकारी प्राप्त भएको छ ।
२.ती उडानहरुका लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ : https://docs.google.com/…/1cCHuSU_lSceyMQKfDN65qM_dQ3…/edit…
३.उक्त सूचीमा नाम भएका व्यक्तिहरु तथा राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ:
Cleopatra Travels, Doha, (D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333 Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com
४.नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । यात्रा गर्दा PCR Test को सक्कल प्रमाण साथमा राख्नु पर्नेछ ।
५.PCR Test नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र PCR Test गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।
६.होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ।
७.PCR Test गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ ।यस्ता प्राईभेट अस्पतालको सूचिको लिङ्क निम्नबमोजिम रहेको छ: https://covid19.moph.gov.qa/…/Publis…/HOSPITAL%20LIST-02.png
८.हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३०/- लाग्नेछ ।
९.सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।
१०.हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ।सो फारामको लिङ्क निम्नबमोजिम रहेको छ: https://ccmc.gov.np/arms/person_add.php
११.साथै उक्त एअरलाईन्सको ८ र २३ सेप्टेम्बर २०२० हुने उडान र नेपाल एअरलाईन्सले गर्ने दोहा-काठमाण्डौ सेक्टरका उडानहरुका लागि प्राथमिकता सूचिको थप नामवली प्रकाशित गर्दै लगिनेछ ।
………………………
नेपाली राजदूतावास, दोहा ।
३० अगष्ट २०२०