हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि संभावित यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको अनुरोधमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गतको हिमालय एयरलाइन्सको तेश्रो उडानका लागि संलग्न सूचीमा नाम भएका व्यक्तिहरुले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ :

Cleopatra Travels, Doha,
(D-Ring Road,Building No 51,
Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

साथै उक्त एयरलाइन्सको भोलि बेलुका (२४ जुन) को लागि तय भएको दोश्रो उडानमा केही सिटहरु अझै बाँकी रहेको बुझिएकोले २२ जुनको सूचीमा नाम भई विविध कारणले टिकट काट्न छुटेका, २४ जुनको उडानका लागि सूचीमा नाम भएका तथा हालको सूचीमा नाम भएका र अत्यन्त जरुरी परेका व्यक्तिहरुले सोही एजेन्सीमा सम्पर्क गरी टिकट काट्न सकिने व्यहोरा समेत अनुरोध छ ।

यो सूचना बमोजिमको तेश्रो उडानको मिति तय भए पछि पुन: जानकारी गराईनेछ ।

२०७७।३।९

नेपाली राजदूतावास, दोहा