२७ जुन २०२० मा हुने उडानबारे

यस राजदूतावासबाट प्रकाशित २०७७/३/४ को सूचनामा नेपाल एयरलाइन्सको दोश्रो उडानको मिति तय भएपछि जानकारी गराइने व्यहोरा उल्लेख भएको थियो । उक्त उडान अत: २७ जुन २०२० मा तय भएकोले उक्त उडानबाट नेपाल फर्कने यात्रुहरुको अद्यावधिक सूची यसैसाथ अपलोड गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

उक्त उडान अनुमति र यो सूचीमा पर्नुभएका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट Clearance प्राप्त गर्नका लागि आवश्यक पत्राचार भैसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सक्नु हुनेछ ।

हवाई टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको निम्न ट्राभल एजेन्टमा सम्पर्क गर्नुहुन अनुर्रोध छ:

Fahd Travels, Jaida Towers (Sales & Reservation)

Abdul Hafeez , Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150

Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np, nepalairlinessales@fahdtravels.com

साथै, हवाई भाडा, स्वास्थ्य परीक्षण लगायतका विषयमा पूर्व सूचनामा उल्लेख भएबमोजिम नै हुनेछ ।

यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानको लागि नाम प्रकाशित भै तोकिएको उडानमा विविध कारणले जान नसक्नु भएका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सक्नुहुनेछ ।साथै, यस उडानमा  सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा पर्नुहुने यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्नु हुनेछ । त्यसैगरी पर्याप्त यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सक्नेछ ।

२०७७।३।९

नेपाली राजदूतावास, दोहा