इद-उल-फितरको शुभकामना

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहाकाे तर्फबाट सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै, कोरोना भाईरसको महामारीबाटआफू बच्न तथा अरूलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी र निर्देशनहरूकाे अक्षरश पालना गर्नु गराउनुहुन सबैमा पुन: अनुराेध छ

कोभिड १९ को संकटबाट समस्यामा परेका नेपालीलाई राहत खाद्यान्न वितरण सम्बन्धमा । —————————-

विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरुको समाधानका लागि राजदूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदाय र नेपाल सरकारसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ

निःशुल्क स्वास्थ्य परामर्शबारे

कतारमा कोरोना संक्रमण बढ्दै गर्दा स्वास्थ्य सम्बन्धी उपचारमा कुनै विशेष सल्लाह सुझाव लिनु परेमा नेपाली दाजु भाई तथा दिदी बहिनीहरूले तपशिलमा उल्लेख भएका WhatsAPP नम्बरहरूमा म्यासेज गरी डा. शुशिल निरौला र डा.नितेश अर्यालसँग राय सल्लाह लिन सक्नुहुनेछ ।

COVID -19 बाट सिर्जित परिस्थितिमा मानसिक स्वास्थ्य सम्बन्धी ध्यान दिनुपर्ने विषयहरु

विश्वव्यापीरुपमा फैलिएको COVID-19 को संक्रमणबाट सिर्जित विषम् परिस्थितिमा मानसिकरुपमा समेत स्वस्थ रहनु महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा कतारको स्वास्थ्य मन्त्रालय, हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ Helpline स्थापित गरेको छ ।यस विषयमा तपाईंलाई परामर्श आवश्यक परेमा सो नयाँ हेल्पलाइन नं. १६००० मा डायल गरी दैनिक बिहान ७ बजेदेखि

समस्यामा परेका नेपालीलाई राहत खाद्यसामग्री वितरण गरिएको सम्बन्धमा ।

विश्वव्यापीरूपमा फैलिएको COVID-19 को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरु विभिन्न माध्यमबाट दूतावासमा प्राप्त हुने गरेका छन । यसरी प्राप्त भएका जानकारी तथा गुनासाहरुको समाधानका लागि दूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा

शुभकामना

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुका साथै समस्त इस्लाम धर्मावलम्बीहरुमा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु । डा. नारद नाथ भारद्वाज राजदूत तथा राजदूतावास परिवार । On the occasion of the holy month of Ramadan, we would like to extend ‘Ramadan Kareem’ to all followers of Islam as well as Nepali expatriates in