COVID -19 बाट सिर्जित परिस्थितिमा मानसिक स्वास्थ्य सम्बन्धी ध्यान दिनुपर्ने विषयहरु

विश्वव्यापीरुपमा फैलिएको COVID-19 को संक्रमणबाट सिर्जित विषम् परिस्थितिमा मानसिकरुपमा समेत स्वस्थ रहनु महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा कतारको स्वास्थ्य मन्त्रालय, हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ Helpline स्थापित गरेको छ ।यस विषयमा तपाईंलाई परामर्श आवश्यक परेमा सो नयाँ हेल्पलाइन नं. १६००० मा डायल गरी दैनिक बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सम्पर्क गर्न सक्नु हुनेछ ।
यसका साथै, मानसिक स्वास्थ्यका लागि देहायका विषयमा ध्यान दिनु हुन समेत अनुरोध गरिन्छः

महामारीको बारेमा बारम्बार समाचार सुन्दा निराश बढ्न सक्ने भएकोले यस्ता समाचारमा बढी समय नदिनुहोस् ।

आफ्नो स्वास्थ्यको हेरविचार गर्नुहोस् । लामो सास लिनुहोस्, तन्किनुहोस् वा ध्यान गर्नुहोस् ।स्वस्थ र संतुलित खाना खाने कोशिस गर्नुहोस्, नियमित व्यायाम गर्नुहोस्, पर्याप्त मात्रामा सुत्नुहोस्, मादकपदार्थ तथा लागूऔषधहरु सेवन नगर्नुहोस् ।

फुर्सदिला क्षणहरुमा आफ्नो रुचिका विषयसम्बन्धी अध्ययन, अभ्यास गर्ने प्रयास गर्नुहोस् ।

परिवार तथा आफन्तजनसँग नियमित सम्पर्कमा रहनुहोस् । तपाईंका चिन्ताहरु र तपाईंले कस्तो महशुस गरिरहनु भएको छ, त्यसको बारेमा तपाईंले विश्वास गर्ने व्यक्तिहरुसँग कुरा गर्नुहोस् ।

साथै, यस विषयमा विस्तृत जानकारी कतारको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको लिंक https://www.moph.gov.qa/english/Pages/Mental-Health-and-Wellbeing.aspx मा गई प्राप्त गर्न सकिने छ ।

नेपाली राजदूतावास
दोहा
२०७७।१।२४