Felicitation program for the contributors to the Covid Crisis Relief and Support Group

प्रेस विज्ञप्ती
—————
नेपालमा कोरोना संक्रमणबाट उत्पन्न समस्यामा राहत पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री पठाउने लक्ष्यका साथ यस राजदूतावासका महामहिम राजदूतज्यूको संरक्षकत्व र Nepal Business Association, Qatar (NBAQ) का अध्यक्ष श्री महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा गठन भएको Covid-19 Crisis Relief and Support Group ले नेपाली राजदूतावाससँगको सहकार्य र समन्वयमा नेपाली व्यवसायीहरुको संगठन Nepal Business Association, Qatar (NBAQ) का पदाधिकारी लगायत सदस्यहरुको समेत सक्रियतामा रु १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर, ४२ अक्सिजन कन्सन्ट्रेटर, २१०० थान पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान गरी जम्मा २२०६ थान स्वास्थ्य सामाग्री खरिद गरी मिति २०७८/३/१० का दिन काठमाण्डौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो।

यस मानवीय कार्यमा संस्थागत योगदान तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई यस राजदूतावासको तर्फबाट सम्मान गर्ने सिलसिलामा आज एक संक्षिप्त कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा २ ओटा संस्था तथा ४८ जना व्यक्तिहरुलाई महामहिम राजदूतज्यूले सम्मानपत्र हस्तान्तरण गर्नुभयो। आज सम्मानित हुनेहरुमा Nasser Al Ali Enterprises का अध्यक्ष Nasser Al Ali, Safari Group of Companies का H R Manager Mr Anoop Thulasidharan र NBAQ का अध्यक्ष महेन्द्र प्रसाद चौलागाई तथा उक्त संस्थाका पदाधिकारी तथा सदस्यहरू हुनुहुन्थ्यो । संस्थागत रूपमा Nepal Engineer’s Association Doha Centre समेत सम्मानित भएको थियो ।

कार्यक्रमको अन्त्यमा संक्षिप्त मन्तव्य राख्नुहुँदै महामहिम राजदूतज्यूले सम्मानित हुनुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आवश्यक परेमा यस्तै सहयोग तथा सहकार्यको अपेक्षा रहेको बताउनुभयो। नेपालमा पठाएको उच्चस्तरका स्वास्थ्य सामाग्रीको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूबाटसमेत प्रशंसा भएको र यस कार्यका लागि सम्बन्धित संस्था तथा व्यक्तिको समुचित मुल्यांकन भएको समेत वहाँले जानकारी दिनुभयो। कार्यक्रमको संचालन राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले गर्नु भएको थियो ।


……………………………..
२७ असार २०७८
नेपाली राजदूतावास
दोहा कतार ।