विजयादशमीको अवसरमा कार्यक्रम आयोजना गरिने सम्बन्धी सूचना !

नेपालीहरुको पर्व विजयादशमीतिहार एवं छठको सु-अवसरमा यहाँको परिवार लगायत कतारस्थित सम्पूर्ण नेपालीहरुमा महामहिम राजदूत एवम् राजदूतावास परिवारको तर्फबाट सु-स्वास्थ्यदीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । विजयादशमीको अवसरमा कतारमा रहनुहुने नेपाली दिदी-बहिनी तथा दाजु-भाईहरुबीच एक आपसमा शुभकामना तथा टिका आदानप्रदान गर्ने व्यवस्था मिलाइएको छ । अतः उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरुलाई देहायको मिति र समयमा उपस्थित भई उक्त कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ ।

 

स्थानः नेपाली राजदूतावासऐन खालिददोहा
मितिः २०७५ कार्तिक ०२ गतेशुक्रबार
समयः बिहान १२.२५ बजेदेखि २:०० बजेसम्म
नेपाली राजदूतावास
दोहाकतार ।
२०७५ असोज ३०