अस्थायी राहदानी


हस्तलिखित अस्थायी राहदानी MRP आवेदन पश्चात् राहदानी तयार नहुन्जेलसम्म भिसा/कतारी ID लगाउने प्रयोजनका लागि जारी गर्न सकिनेछ् । नवजात शिशुको हकमा पहिलो पटक भिसा लगाउने प्रयोजनका लागि समेत अस्थायी राहदानी जारी गर्न सकिनेछ् । अस्थायी राहदानीका लागि राजदूतावासमा देहाय बमोजिमका कागजात बुझाउनुपर्नेछः

  • रीतपूर्वक भरिएको राहदानी फाराम
  • MRPराहदानीको लागि आवेदन गरेको नगदी रसिदको सक्कलप्रति
  • पुरानो राहदानीको फोटोकपि
  • नागरिकताको प्रमाणपत्रको फोटोकपि