एम आर पी


नेपाली राहदानी सम्बन्धी सामान्य जानकारी

यन्त्रवाचक नेपाली राहदानी-MRP जारी भएको मितिदेखि १० बर्षसम्मको लागि बहाल रहनेछ । यसको बहाल अवधि वा पृष्ठहरु थप गर्न नमिल्ने भएकोले सो अगावै रीतपूर्वक नयाँ राहदानीका लागि आवेदन दिनुपर्नेछ । यद्यपिराहदानी हराएकोबिग्रेको वा च्यातिएकोपानाहरु सकिएको अवस्थामा बहाल अवधि रहँदै नयाँ राहदानीका लागि आवेदन दिन सकिनेछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन-ICAO को प्रावधान अनुसार सन् २०१५ नोभेम्बर २४ पश्चात सम्पूर्ण हस्तलिखित राहदानीहरु प्रयोग गर्न नमिल्ने भै सकेकोले हस्तलिखित नेपाली राहदानी वाहकहरुले यथाशक्य छिटो नेपाली राजदूतावासमा सम्पर्क गरि राहदानीका लागि आवेदन गर्न सक्नुहुनेछ ।

नेपाली राजदूतावास, दोहाले यन्त्रवाचक राहदानी आवेदनका लागि प्रत्यक्ष दर्ता प्रणाली (Live-Enrollment System) शुरु गरिसकेकोले आवेदहरुले पुरानो राहदानी तथा नेपाली नागरिकताको प्रमाणपत्र सक्कलै लिई राजदूतावासमा उपस्थित भै आवेदन दिन सक्नेछन् । साथै, प्रत्यक्ष दर्ता प्रणाली (Live-Enrollment System) अन्तर्गत आवेदन बुझिने भएकोले पहिलेको जस्तो फोटो, फारम भर्न पर्दैन। बच्चाहरुको हकमा भने प्रत्यक्ष दर्ता प्रणाली मार्फत् आवेदन गर्न नमिल्ने भएकोले तल दिइए बमोजिमको कागजातहरुका साथ आवेदन दिनुपर्नेछ ।

1. यन्त्रवाचक राहदानी-MRP को आवेदन फारम डाउनलोड गर्न यहाँ थिच्नुहोस् ।

2. राहदानी वापतको शुल्क

  • साधारण राहदानी-                                         कतारी रियाल १८५
  • हराएको वा बिग्रेको अवस्थामा नयाँ राहदानी-      कतारी रियाल ३७०
  • बच्चा (१६ बर्ष मुनि) का लागि राहदानी-             कतारी रियाल ९३
  • अस्थायी राहदानी-                                         कतारी रियाल ८०
  • एक-तर्फी यात्रा अनुमतिपत्र-                            कतारी रियाल १५०

3. साधारण राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः

  • Pre-enroll गरी प्रिन्ट गरिएको बारकोड सहितको राहदानी फाराम (राहदानी नवीकरण प्रयोजनका लागि) https://online.nepalpassport.gov.np/PreEnrollment/home.html 
  • नागरिकता प्रमाणपत्रको फोटोकपी
  • पुरानो राहदानीको सक्कल र फोटोकपी 
  • कतारी ID को सक्कल

4. बच्चा (१0 बर्ष मुनि) का लागि राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः

१.    रीतपूर्वक भरिएको राहदानी https://online.nepalpassport.gov.np/PreEnrollment/home.html

२.    नेपालमा जन्मेको हकमा नावालक परिचयपत्र र कतारमा जन्मेको हकमा कतारको विदेश मन्त्रालयबाट प्रमाणित जन्मदर्ता प्रमाणपत्रको सक्कल र फोटोकपि

३.   पासपोर्ट साइज फोटो ( White Background is required)

४.    नावालकको बाबुआमासंग सम्बन्धित कागजातहरु:

  • नागरिकता प्रमाणपत्रको फोटोकपि (एक/एक प्रति)
  • नेपाली राहदानीको सक्कल  फोटोकपि(एक/एक प्रति)
  • विवाहदर्ताको प्रमाणपत्रको सक्कल  फोटोकपि

नोट: कतारमा जन्मेका बच्चाहरुको हकमा आमा बुवाले २ वर्षभित्र अनिवार्य रुपमा नेपालमा जन्मदर्ता गर्नुका साथै नाबालक परिचयपत्र बनाउनुपर्ने हुन्छ। सोही नाबालक परिचयपत्रको आधारमा मात्र राहदानी नवीकरण हुन्छ। 

5. हराएको वा बिग्रेको अवस्थामा नयाँ राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः

  • पुरानो राहदानी हराएको बारे स्थानीय पूलिसको प्रतिवेदन (बिग्रिएको राहदानीको हकमा आवश्यक नरहेको) https://online.nepalpassport.gov.np/PreEnrollment/home.html
  • Pre-enroll गरी प्रिन्ट गरिएको बारकोडसहितको राहदानी फाराम (अन्य आवेदकहरुको हकमा आवश्यक नरहेको)
  • नागरिकता प्रमाणपत्रको सक्कल (पहिले यन्त्रवाचक राहदानी प्राप्त गरिसकेकाहरुको हकमा नागरिकता प्रमाणपत्रको फोटोकपी भएमात्र हुने)
  • पुरानो राहदानीको फोटोकपि
  •  कतारी ID को सक्कल

द्रष्टव्यः राहदानी आवेदन गर्दा एवं राहदानी लिने समयमा आवेदक स्वयं राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।

6. राहदानी आवेदन गर्दा एवं राहदानी लिने समयः

  • राहदानी आवेदन- प्रत्येक आइतबार देखि विहीबार बिहान ०९०० देखि दिउँसो १२०० सम्म
  • राहदानी संकलन- प्रत्येक आइतबार देखि विहीबार दिउँसो ०१०० देखि  ०३०० सम्म

थप जानकारीका लागि passport.doha@mofa.gov.np मा इमेल गर्नुहोस्।