नेपाली राजदूतावास , दोहा, कतार को मागपत्र प्रमाणीकरण सम्वन्धी जानकारी एवम् सूचना

नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७५।१।२४  को निर्णय अनुसार नेपाल राजपत्र खण्ड ६८ मिति २०७५।१।३१ गते प्रकाशन भएको वैदेशिक रोजगार सम्वन्धी मागपत्र जाँचवुझ निर्देशिका, २०७५ ले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार प्रमाणीकरण गर्नु पर्ने मागपत्र जाँचवुझ एवम्  प्रमाणीकरण गर्ने कार्य सम्वन्धित मुलुकमा रहेको नेपाली राजदूतावासवाट गरिने व्यवस्था गरेको छ । उक्त निर्देशिकामा भएको व्यवस्था अनुसार राजदूतावासवाट मागपत्र प्रमाणीकरण गर्ने क्रममा देहायको विवरणको अध्ययन सहित कामदार माग गर्ने कम्पनीको स्थलगत अनुगमनवाट देखिएका वस्तुस्थितिका आधारमा प्रमाणीकरण गर्ने प्रावधान लागू गरि सकिएको हुँदा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।

  • रोजगारदाता संस्थामा नेपाली कामदार भए उनीहरुको अवस्था,
  • रोजगादाताले कामदारलाइ उपलव्ध गराउने न्यूनतम पारिश्रमिक एवं सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था,
  • कामदारको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षा सम्वन्धी अवस्था,
  • रोजगारदाता कम्पनी कालोसूचिमा परेको नपरेको,
  • रोजगारदाताको वैधानिकता,
  • रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार माग गर्न दिएको स्वीकृति सम्वन्धी कागजात ।

 

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७५ जेठ १६

पुनश्च:- नेपाली राजदूतावास, दोहावाट यस भन्दा अगाडि मागपत्र प्रमाणीकरण गर्ने विषयमा तयार गरिएको  निवेदनको नमूनामा उल्लेख गरिएका काजगात एवं प्रमाणसमेत मागपत्रसाथ संलग्न  गरेपछि माथि उल्लिखित प्रावधान पूरागरी राजदूतावासबाट मागपत्र प्रमाणीकरण गरिने व्यहोरा समेत अनुरोध गरिन्छ । पेश गर्नु पर्ने कागजातहरुको विवरण यस राजदूतावासको Website वाट प्राप्त गर्न सकिनेछ ।