प्रेस वक्तव्य


कतारको Dreams One Trading and Contracting WLL कम्पनीमा कार्यरत् १४ जना नेपाली कामदारहरुलाई राजदूतावासले उद्दार गरी नेपाल फर्काएको बिषयमा “नेपाल पठाउनुपर्ने पीडितलाई दिल्लीतिरः राजदूतले भेटन चाहेनन्” शीर्षकमा कान्तिपुर दैनिकको मिति २०७४ असोज १९ को संस्करणमा प्रकाशित समाचार प्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । यसरी  पीडित नेपालीलाई महामहिम राजदूतज्यूले भेट नदिनुभएको तथा नेपाली दूतावासले नेपाली व्यवसायीसँग मिलेर कामदारलाई दुःख दिएको भनी एकपक्षीय रुपमा कान्तिपुर दैनिकमा टिप्पणी प्रकाशित गरी नियोजित रुपले व्यक्तिगत आक्षेप लगाउने कार्य भएको यस राजदूतावासको ठहर रहेको छ । साथै, कतारमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने सम्बन्धमा प्रचलित नेपाली एवम् स्थानीय कानून तथा प्रकिया अनुसार सम्बन्धित पीडित कामदारलाई थप समस्या नपर्ने तवरले उपलब्ध भएसम्मका सबै उपायहरु अबलम्बन गरी तत्काल उद्दार गर्ने कार्यमा नेपाली राजदूतावास सदैब प्रतिबद्ध रहेको सम्बद्ध सबैलाई जानकारी गराइन्छ । नेपालीहरुका समस्या सहज, सरल र सीघ्र समाधान गर्ने उद्देश्यका साथ कतारमा रहनुभएका नेपालीहरुका लागि राजदूतावास एवम् महामहिम राजदूतज्यू सम्म सहज पहुँचको लागि  उद्दार गर्ने सिलसिलामा राजदूतावासबाटै आवश्यक सवारी-साधनको व्यवस्था समेत गरी विविध सम्पर्कका माध्यमहरुको यथेष्ट व्यवस्था गरिएकोमा नेपालबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा यस्ता बिषयमा एकपक्षीय टिप्पणी प्रकाशित हुनु दुःखद रहेको छ।

राजदूतावासले असल नियत राखी पीडितहरुलाई उद्दार गरेको कुरालाई उपेक्षा गरी जानी-नजानी राजदूतावास एवम् महामहिम राजदूतज्यूको व्यक्तिगत मान-मर्दन हुने किसिमले भ्रामक एवं तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम श्रृजना नगर्न-नगराउनहुन समेत नेपाली राजदूतावास, दोहा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।

 

 

नेपाली राजदूतावास

दोहा, कतार।

२०७४ असोज १९