प्रेस वक्तव्य


कतारको Al Bandary Engineering, Trading and Contracting कम्पनीले निर्माण गर्दै गरेको भवनमा यही मे १६ मा दुर्घटना भै ठूलो संख्यामा नेपाली कामदारहरु हताहत भएको भनी विभिन्न सामाजिक संजाल एवम् अनलाईन मिडिया संस्करणहरुमा प्रेषित समाचार प्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा सम्बन्धित कम्पनीको प्रतिनिधि मार्फत् प्राप्त जानकारी अनुसार उक्त मितिमा कम्पनीले निर्माण गर्दै गरेको भवनमा दुर्घटना भएको तर जम्मा ३ जना कामदारहरुको मृत्यु भएको जसमध्ये १ जना नेपाली (रुपन्देही जिल्ला निवासी चिनक मल्लाह) को मृत्यु भएको र १ जना नेपाली (दाङ जिल्ला निवासी श्री गंगाराम चौधरी) घाईते हुनुभएको जानकारी प्राप्त हुन आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

साथै, यसरी सामाजिक संजाल एवम् अनलाईन मिडिया संस्करणहरुमा भ्रामक एवं तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम श्रृजना नगर्नुहुन समेत नेपाली राजदूतावास, दोहा सबैमा हार्दिक अनुरोध गर्दछ ।
नेपाली राजदूतावास
दोहा, कतार।
२०७४ जेष्ठ ४