प्रेस विज्ञप्ति : Instruments of Ratification


प्रेस विज्ञप्ति
२५ अप्रिल २०११, दोहा, कतार ।
आज २०६८ बैशाख १२ गते सोमबारका दिन नेपाल सरकार र कतार सरकारका वीच जनवरी २०, २००८ मा सम्पन्न भएको श्रम सम्झौताको Instruments of Ratification विधिवतरुपमा कतार सरकारको तर्पबाट कतारी परराष्ट्र मन्त्रालयका एशियन अफ्रिकन डिपार्टमेण्टका डाइरेक्टर H.E. Zayed Bin Rasheed Al-Nuaimi र नेपाल सरकारको तर्प बाट कतारका लागि नेपाली राजदूत महामहिम डा. सूर्यनाथ मिश्रबाट एक समारोहका वीच कतारको राजधानी दोहामा आदान प्रदान गर्र्ने कार्य सम्पन्न भएको छ ।

उक्त आदान प्रदान कार्य लामो प्रतीक्षा पछि सम्पन्न भएको र यसले नेपाल एवम् कतार वीचको सम्वन्ध अझ प्रगाढ, दरिलो र सुमधुर बनाउनाका साथै कतारमा कार्यरत नेपाली कामदारहरुले कतारको कानुन अनुसार पाउनु पर्ने सर सुविधाहरु सहज रुपमा प्राप्त गर्न तथा नेपाली कामदारहरु बढी सुरक्षित र व्यवस्थित हुने विचार समेत पत्रकार भेटघाटको अवसरमा दुवै पक्षबाट व्यक्त भयो ।