प्रेस विज्ञप्ती : Individual Worker


मे १, २०११, दोहा, कतार ।

मार्च ३१, २०११ का दिन नेपाली राजदूतावास र कतार अवस्थित नेपाली संघ संगठनका प्रतिनिधिहरु, लव्ध प्रतिष्ठित महानुभावहरु, विभिन्न पेशासँग आवध्द व्यक्तित्वहरु, पत्रकारहरु लगायत अन्य क्षेत्रका प्रतिनिधिहरु वीच व्यक्तिगत भीसामा कतारमा कामदार ल्याउने सम्वन्धमा छलफल भएकोमा सो सम्वन्धमा आवश्यक पहल चाल्ने प्रस्ताव स्वीकृत भएको व्यहोरा सबैलाई जानकारी भएकै छ ।
सो सम्वन्धमा मे १, २०११ (तद्नुसार वैशाख १८, २०६८) का दिनदेखि लागु गर्ने सहमति भए अनुसार “ कतारमा आउने कामदारहरुलाई बढी सुरक्षित र व्यवस्थित गर्नका लागि भविष्यमा आउने कामदारको भीसा र सम्झौता पत्रमा दूतावासको प्रमाणिकरण अनिवार्य गरिने निणय ” भए अनुसार आजैको मितिबाट उल्लिखित कार्य कार्यन्वय गर्न कार्य शुरु गरिएकोले सर्बसाधारण सबैको जानकारीकालागि यो सूचना जारी गरिएको छ । अव आइन्दा कोही कसैले व्यक्तिगत भिसामा कामदार कतार ल्याउने भएमा दूतावासमा आई आवश्यक कागजात प्रमाणिकरण गराएर मात्र ल्याउने व्यवस्था मिलाउन हुन अनुरोध छ । दूतावासबाट प्रमाणिकरण भएको भिसा तथा सम्झौता पत्र देखाए पछि मात्रा श्रम विभागबाट श्रम स्वीकृति मिल्ने भएकोले सोही अनुसार गर्न र गराउनु हुन समेत ध्यानाकर्षण गराइएको छ ।

नेपाली राजदूतावास
दोहा, कतार ।