राजदूतावासमा शोक पुस्तिका राखिने बारे ।


यही मिति २०७२/१०/२६ का दिन दिवङ्गत हुनुभएका पूर्व प्रधानमन्त्री तथा व्यवस्थापिका-संसदमा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाप्रति समवेदना व्यक्त गर्न देहाय बमोजिमको मिति तथा समयमा यस राजदूतावासमा शोक पुस्तिका राखिने भएकोले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

 

मिति २०७२/१०/२८ गते विहीवार दिउँसो ०३०० बजेदेखि ०५०० बजेसम्म

मिति २०७२/१०/२९ गते शुक्रवार विहान ०९०० बजेदेखि ११०० बजेसम्म

 

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७२/१०/२७