वैयक्तिक भर्ना


कतारमा कार्यरत् नेपाली नागरिकहरुले आफ्नो नजिकको परिवारका सदस्य/नातेदार (बाबु, आमा, दाजु-भाई र दिदी-बहिनी मात्र) को कतारी कम्पनीमा काम गर्ने ईन्ट्री भिसा (Entry Visa-Work) तथा रोजगार संझौता (Employment Contract) यस राजदूतावासबाट प्रमाणित गराउन सक्नेछन् । यसका लागि आवेदक स्वयं राजदूतावासमा उपस्थित भै देहाय बमोजिमका कागजातका साथ आवेदन दिन सक्नेछन् । आवेदन फारमका लागि यहाँ दबाउनुहोस् ।

() कतारमा रहने परिवारका सदस्यको कागजातहरु
१.    कतारी परिचयपत्र (सक्कल र प्रतिलिपी १/१ प्रति)
२.    नागरिकता (सक्कल र प्रतिलिपी १/१ प्रति)
३.    राहदानी (सक्कल र प्रतिलिपी १/१ प्रति)
४.    नाता प्रमाणित कागज (फोटो र नागरिकता नम्बर उल्लेख गरी कन्सुलर सेवा बिभागबाट प्रमाणिकरण) सक्कल र प्रतिलिपी १/१ प्रति)
() आउने व्यक्तिको कागजातहरू
५.    नागरिकताको प्रतिलिपी
६.    राहदानीको प्रतिलिपी
(रोजगारी/कम्पनी सम्बन्धित कागजातहरु
७.   सम्बन्धित रोजगारदाता कम्पनीको ठेगाना र सम्पर्क नम्बर उल्लेखित Letter Head मा Printed सम्झौता पत्र (कतारको लेबर विभागबाट प्रमाणित)-सक्कल र प्रतिलिपी १/१ प्रति (दुई बर्षे सम्झौता र नेपाल सरकारले तोकेको तलबमान अनिवार्य रुपमा हुनुपर्ने)
८.    भिषा (दुई प्रति)
९.    कम्प्युटर कार्डको प्रतिलिपी
१०.    कमर्सियल रजिष्ट्रेसन कार्डको प्रतिलिपी
११.    स्पोन्सरको परिचयपत्रको प्रतिलिपी
१२.    ड्राइभर पदकोलागि लाइसेन्सको प्रतिलिपी

१३.     क्लिनर पदमा आउने महिला कामदारको हकमा कम्पनीको ग्यारेन्टी पत्र र कामदारको राजदूतावासलाई सम्बोधन गरिएको निवेदन

१४.     दक्ष कामदारको हकमा शैक्षिक तथा अन्य प्रमाणपत्रहरुको प्रतिलिपी