कतारमा रहेका नेपाली समुदाय सम्बद्द संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने सम्बन्धी सूचना !

कतारमा रहेका नेपाली समुदाय सम्बद्द संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनको लागि नेपाली राजदूतावास, दोहा कतारले संस्थाको सामान्य जानकारी हुने Format तयार गरेको छ।सो Format राजदूतावसको website www.qa.nepalembassy.gov.np बाट प्राप्त गर्न सकिने छ।

त्यस्ता संस्थाहरुले नेपाली राजदूतावासको सम्पर्क र समन्वयमा सहकार्य गर्न चाहेमा उल्लिखित Format अनुसारको विवरण संलग्न गरी २०७५ जेष्ठ ५ गते भित्र राजदूतावासमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। उक्त विवरण कतारमा कार्यरत सकृय संघ संस्थाको अद्यावधिक गर्ने प्रयोजनको लागि भएको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ।

 

(यस सम्बन्धी अन्य कुनै थप जानकारी आवश्यक

परेमा राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।)

 

नेपाली राजदूतावास

दोहा, कतार

२०७५/१/२