सूचना


नेपालस्थित विभिन्न संघ-संस्थाहरुमा आबद्ध रहेको बताउँदै एवं राजदूतावासको समेत नाम प्रयोग गरी चन्दा एवं आर्थिक राहत संकलन गर्ने कार्यमा व्यक्ति संलग्न रहेको भन्ने जानकारी प्राप्त भएको छ । यसरी सम्बन्धित निकायको अनुमति नलिई कुनै पनि प्रकारको चन्दा एवं आर्थिक राहत संकलन गर्ने-गराउने कार्य कतारमा गैर-कानूनी मानिने एवम् राजदूतावासले कुनै व्यक्ति वा संस्थालाई सो कार्य गर्ने-गराउने प्रयोजनका लागि अनुमति/सिफारिश नदिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै, यसरी कुनै व्यक्ति राजदूतावासको नाम लिई चन्दा एवं आर्थिक राहत संकलनका  आएको खण्डमा सम्भव भएमा निजको परिचय खुल्ने आधिकारिक कागजात, जस्तैः कतारी आईडी, प्राप्त गरी राजदूतावासलाई (Tel: 44675681; Fax: 44675680 वा email: nembdoha@gmail.com) यथाशीघ्र जानकारी गराउनुहुन समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

 

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७४/०५/2६