
ईद उल अद्हाको शुभकामना
इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल अद्हाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। ——————- डा.नरेश बिक्रम ढकाल राजदूत तथा नेपाली राजदूतावास परिवार दोहा, कतार ८ जुलाई २०२२ २०७९/०३/२४

बन्दस्थलमा फेश मास्क लगाउनु पर्नेबारे सूचना
कतारमा कोरोना संक्रमणको दरहरू बढदै गएको सन्दर्भमा कतारको मन्त्रिपरिषदको निर्णय बमोजिम यहाँ बसोबास गर्ने ६ बर्ष भन्दा बढि उमेरका सबैले आज ७ जुलाई २०२२ बाट लागू हुनेगरि बन्द सार्वजनिक स्थलमा फेश मास्क अनिवार्य गरिएको छ । यस निर्देशनको पालना गर्नु/गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध गर्दछ । —————— नेपाली राजदूतावास दोहा, कतार । २०७९/२/२३ ७ जुलाई

नवनियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आजबाट नेपाली राजदूतावास दोहामा आफ्नो कार्यभार ग्रहण
कतारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आजबाट नेपाली राजदूतावास दोहामा आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।आज अपरान्ह राजदूतावासमा आयोजित संक्षिप्त कार्यक्रममा महामहिम राजदूतज्यूलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । सो अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख श्री लक्ष्मण खनालज्यूले राजदूतावासको सेवा प्रवाह र नेपाल -कतार द्विपक्षीय सम्बन्ध बारे जाानकारी गराउनु भएको थियो । महामहिम

राहदानी बुझिलिन आउने जरुरी सूचना(१९ जुन २०२२)
यस राजदूतावासमा ५ जुन २०२२ सम्म राहदानीका लागि आवेदन दिनु भएका (संलग्न सूचिमा नाम भएका)आवेदकहरुको राहदानी वितरणका लागि तयार छ । राहदानी लिन आवेदक राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित आवेदक आफै यस राजदूतावासमा बिदाको दिनबाहेक बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्पर्क गर्नुहुन अनुरोध छ। संलग्न सूचिमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नुहुनसमेत अनुरोध छ ।

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे) बिक्रि सम्बन्धमा थप सूचना
वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे ) बिक्रि बारे २०७९ जेठ १२ मा यस राजदूतावासबाट सूचना जारी गरिएको विदितै छ। यस सम्बन्धमा कतारबाट सो बचतपत्र खरिद गर्नका लागि स्थानीय एजेण्टहरु निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 1. Prabhu Bank Ltd./Prabhu Money Transfer Pvt. Ltd. – Tirtha B. Chhetri – +974 66141353, qatar@prabhugroups.com 2. Siddhartha Bank Ltd. – Suresh B.

कतारमा १ जुन- १५ सेप्टेम्बर सम्म १०-३:३० बजे खुला क्षेत्रमा काम गर्न नपाइने
कामदारहरुलाई अधिक तापक्रमजन्य समस्या आउन नदिन कतारको श्रम मन्त्रालयको निर्णयानुसार १ जुन देखि १५ सेप्टेम्बर सम्म बिहान १०:०० बजेदेखि अपरान्ह ३:३० बजेसम्म खुला क्षेत्रमा काम गर्न गराउन प्रतिबन्ध लगाइएको सबैमा विदितै छ। उल्लेखित निर्णयको उल्लंघन भएको अवस्थामा कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिने प्रावधान समेत सोही निर्णयमा उल्लेख रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। २०७९ जेठ १८ नेपाली राजदूतावास दोहा,