दोहा-काठमाण्डौं नियमित उडान संचालन सम्बन्धी सूचना (Information on the Resumption of Regular Commercial Flights from Doha to Kathmandu)

आगामी १ अक्टोबर २०२० देखि दोहा र काठमाण्डौंबीच नियमित उडान अन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दैनिक उडानहरु सन्चालन हुने व्यहोरा सबैमा अनुरोध छ । यस सन्दर्भमा कतारबाट नेपाल जान चाहने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । उल्लेखित नियमित उडानका सन्दर्भमा देहाय बमोजिम गर्नुहुन समेत अनुरोध छः
१. कोभिड-१९ को PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 PCR Negative Certificate उल्लेख भएको प्रमाणपत्रको सक्कल प्रति लिएर मात्र यात्रा गर्न पाइनेछ ।
२. यात्रा गर्नुपूर्व देहायको अनलाइन फारम भरी त्यसपश्चात प्राप्त हुने बारकोड प्रिन्ट गरेर वा स्क्रिनसटमा हालेर साथमा राख्नुपर्नेछ : https://ccmc.gov.np/arms/person_add.php
३. थप जानकारीको लागि सम्बन्धित एयरलाइन्सको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला ।
४. नियमित उडान शुचारु भएको सन्दर्भमा दूतावासको फाराम भर्नुनपर्ने र यस अघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गर्न सक्नेछन् । यसका लागि दूतावासले कुनै प्राथमिकता सूचि प्रकाशित गर्नेछैन ।
 
नेपाली राजदूतावास, दोहा
२०७७/६/११
Information on the Resumption of Regular Commercial Flights from Doha to Kathmandu
………………………………………………
This is to inform all the concerned that the Government of Nepal has arranged for resumption of regular commercial flights from 01 October 2020. As per the current schedule, Qatar Airways, Nepal Airlines and Himalaya Airlines will be flying daily from Doha to Kathmandu. Hence, passengers willing to fly from Doha to Kathmandu are advised to purchase tickets directly from respective Airlines or their ticketing agencies. The passengers need to comply with following regulations:
1. Passengers must have a PCR test for Covid-19 and they must have the real copy of the Covid-19 PCR Negative certificate (valid within 72 hours) with them.
2. Passengers are required to carry the printed or the screenshot copy of the barcode generated after the submission of duly filled up online form from the following link: https://ccmc.gov.np/arms/person_add.php
3. For more information, please contact the relevant Airlines or their ticketing agencies.
4. With the resumption of regular flights, there is no need for passengers to fill up the Embassy’s repatriation form and the Embassy will not publish priority list for booking tickets any longer.
 
Embassy of Nepal,
Doha
27 September 2020