पासपोर्ट (राहदानी) लिन आउने सूचना- २०८२ मङ्सिर २३

नेपाली राजदूतावास दोहाबाट राहदानी नविकरणका लागि आवेदन दिनुभएका सेवाग्राहीलाई विभिन्न कारणवस लामो समयसम्म राहदानी वितरण गर्न नसकेकोमा दूतावास क्षमायाचना गर्दछ। राहदानी विभागबाट केही राहदानी आज प्राप्त भएकाले राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले पुरानो राहदानी र रसिद (सम्भव भए अन्तिममा दिइएको कोड नं टिपेर) लिएर आइतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक स्वयम् दूतावासमा उपस्थित भएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ।