सूचना-‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा सहयोग गर्ने सम्बन्धमा।

मिति २०८३ भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीका कारण विपद्‍बाट प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्न एवं उहाँहरुको दीर्घकालीन पुनर्स्थापना हेतु आर्थिक सहयोग संकलनका लागि श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयद्वारा मिति २०८३।०५।१० मा गरिएको अपिल साथ संलग्न गरिएका ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ का आधिकारिक बैंक खाताहरूको विवरण निम्न बमोजिम रहेकोले कतार, इरान लगायत स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ, दिदीबहिनी तथा संघ-संस्थाहरूलाई सक्दो सहयोग गरिदिनुहुन र अनधिकृत बैंक खाताहरूमा रकम जम्मा नगर्नुहुन नेपाली राजदूतावास, दोहा हार्दिक अनुरोध गर्दछ।