कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासकाे नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नाे विवरण उपलब्ध गराउनु भएबमाेजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।७ गते तदअनुसार २१ जुन २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल वायुसेवाको RA २३९२ को उडानबाट देहायका १४९ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) २९ जना सुत्केरी/गर्भवती सहित ८२ जना महिला
ख) ३ जना नाबालक
ग) ६४ जना पुरुष
वहाॅंहरूलाई दाेहाकाे हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा महामहिम राजदूत र दूतावासका अन्य कर्मचारीहरूले बिदाई गर्नुभयाे।
—————-
नेपाली राजदूतावास
दोहा, कतार
२०७७।३।७
![](https://qa.nepalembassy.gov.np/wp-content/uploads/2020/06/61E27F99-388E-4E69-AE7E-40DF39ECCF1C.jpeg)