कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत आज मिति २०७७।३।१७ ( गते तदअनुसार १ जुलाई २०२० मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट देहायका १४५ जना नेपालीहरू नेपाल फर्किनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छः
क) २ जना महिला
ख) १४३ जना पुरुष
साथै, दोहामा कोविड-१९ कै समयमा निधन हुनु भएका १ (एक) जना नेपालीको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।३।१७