कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।३१(गते तदअनुसार १६ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १ महिलासहित जम्मा १४४ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरूको यात्रा सहजिकरण, समन्वयका तथा बिदाईका लागि राजदूतावासका अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।५।३१( १६ सेप्टेम्बर २०२०)