COVID-19 बाट सिर्जित परिस्थितिमा कामदार र रोजगारदाता दुबैको दीर्घकालीन हितलाई लक्षित गरी कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले १५ अप्रिल २०२० मा जारी गरेको सम्झौता नियमन सम्बन्धी निर्देशनका प्रावधानहरूको अनौपचारिक अग्रेजी अनुवाद १६ अप्रिल २०२० मा राजदूतावासको फेशबुक पेजमार्फत सम्बन्धित सबैको जानकारीका सेयर गरिएको व्यहोरा अवगतै छ । (सस्मरणका लागि उक्त मितिको राजदूतावासको सूचना र कतारको उक्त मन्त्रालयको सूचना संलग्न छ )
यसै बीचमा कतिपय नेपाली कामदारहरुलाई हाल बसिरहेको बासस्थान छोड्न रोजगारदाताले दवाब दिने गरेका जानकारीहरु विभिन्न माध्यमबाट प्राप्त हुने गरेकाले यस तर्फ राजदूतावासको ध्यानाकर्षण भएको छ।
माथि उल्लेखित निर्देशनमा कामदार आफ्नो देशमा फर्किने प्रक्रिया पूरा नहुन्जेलसम्मका लागि खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने उल्लेख भएको हुँदा आफ्नो कानूनी हैसियत जे भएतापनि आफूलाई हालसम्म रोजगारदाताले उपलब्ध गराएको बासस्थानमा वा हाल बस्दै आउनुभएको बासस्थानमा सुरक्षितरुपमा बस्नुहुन र कुनैपनि हालतमा उक्त बासस्थान नछाड्नहुन सूचित गराइन्छ ।
साथै, हालको बासस्थान छोड्न दवाब आएमा वा सोसँग सम्बन्धित कुनै समस्या परेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको Hotline नम्बरः ४०२८०६६० मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।१।१८ (३० अप्रिल २०२०)
![](https://qa.nepalembassy.gov.np/wp-content/uploads/2020/04/April-30_0001-791x1024.jpg)
![](https://qa.nepalembassy.gov.np/wp-content/uploads/2020/04/April-30_0002-791x1024.jpg)