गणतन्त्र दिवसको शुभकामना

१३ औं गणतन्त्र दिवसको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा मेरो तथा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भईरहेको बेला कतार पनि यसबाट अछुतो नरहेको व्यहोरा तपाईंहरुलाई अवगतै छ । यो रोगको हालसम्म कुनै औषधि पत्ता नलागिसकेकोले यसबाट आफू बच्न र अरुलाई बचाउन कतार सरकारबाट समय समयमा जारी हुने सचेतना, जानकारी र निर्देशनहरूको अक्षरश पालना गर्नु गराउनु हुन सबैमा पुन: अनुरोध गर्दछु ।

साथै, यस जटिल घडीमा संक्रमणको रोकथामका सबै उपायहरू अपनाउनुहुन, सकारात्मक सोच र धैर्यता राख्नुहुन र एक आपसमा सहयोग, सद्भाव र हौसला बढाउनुहुन हार्दिक आह्वान समेत गर्दछु ।

डा. नारद नाथ भारद्वाज
राजदूत
तथा नेपाली राजदूतावास परिवार