कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।६ (गते तदअनुसार २१ जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H 95632 को उडानबाट १५४ (६ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।४।६ ( २१ जुलाई २०२०))