कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।४।२६ (गते तदअनुसार १० अगष्ट २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५० जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासबाट डिउटी खटिनु भएका अधिकारीहरूकाे उपस्थिति रहेको थियो।
—————-
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७७।४।२६( १० अगष्ट २०२०)