कतारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आजबाट नेपाली राजदूतावास दोहामा आफ्नो कार्यभार ग्रहण गर्नुभएको छ ।आज अपरान्ह राजदूतावासमा आयोजित संक्षिप्त कार्यक्रममा महामहिम राजदूतज्यूलाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गर्नु भएको थियो । सो अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख श्री लक्ष्मण खनालज्यूले राजदूतावासको सेवा प्रवाह र नेपाल -कतार द्विपक्षीय सम्बन्ध बारे जाानकारी गराउनु भएको थियो ।
महामहिम राजदूतज्यूले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्नुहुँदै दूतावासको सेवाप्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल कतार सम्बन्धका विविध आयामहरूमा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हीतका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताउनुभयो ।
यसअघि आजै महामहिम राजदूतज्यू दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नु हुँदा त्यहांको अति विशिष्ट कक्षमा कतारको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा राजदूतावासका कूटनीतिक अधिकारीहरूले वहांलाई स्वागत गर्नुभएको थियो ।
————-
२०७९/०३/२२
६ जुलाई २०२२
नेपाली राजदूतावास, दोहा ।



