नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा मेरो तथा नेपाली राजदूतावास परिवार दोहाको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य तथा समृध्दिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
साथै, यस अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हाल बढिरहेको कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि कतार सरकारले ७ अप्रिल २०२१ मा घोषणा गरेको सुरक्षा तथा स्वास्थ्य प्रोटोकललाई सम्पूर्ण रुपमा पालन गर्न र गराउन समेत अनुरोध गर्दछु ।
नयाँ वर्षको अवसरमा २०७८ साल वैशाख १ गते बुधबार तदनुसार १४ अप्रिल २०२१ का दिन कार्यालय बन्द रहने र २०७८ साल वैशाख २ गते बिहिबार तदनुसार १५ अप्रिल २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।
डा. नारदनाथ भारद्वाज
राजदूत
तथा
राजदूतावास परिवार
दोहा, कतार ।
२०७७।१२।३०