कार्यालय बन्द रहने सूचना

महाशिवरात्रीको अवसरमा मिति २०७७ साल फाल्गुण २७ गते विहिबार तदनुसार  ११ मार्च २०२१ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

२०७७ साल चैत्र १ गते आईतबार  तदनुसार १४ मार्च २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

साथै, कोभिड संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आईनसकेको अवस्थालाई मध्येनजर गर्दै  कतार सरकारले गत ३ फेब्रुवरी २०२१ देखि कतारमा बस्ने  सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका विभिन्न प्रकारका उयायहरु खाश गरी निम्न बुँदाहरुमा हामी सबै सचेत हुन जरुरी देखिन्छ:

  • घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनै पर्ने;
  • घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने;
  • घर भित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाईने;
  • कतारभित्र रहेका सबै सार्वजनिक पार्क, Public Beaches, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरुमा कुनै पनि प्रकारका सामाजिक जमघट १५ जना भन्दा बढी भेला हुन नपाईने;
  • सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने ।

नोट: २८ फाल्गुण २०७७ शुक्रवारका दिन बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म राहदानी वितरण गरिने  कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइएको छ ।

२०७७/११/२६

नेपाली राजदूतावास

दोहा, कतार ।

 Notice !

——————

This is to inform all the concerned that the Embassy will remain closed on Thursday, 11 March 2021 on the occasion of Maha Shivaratri.

 The Embassy will resume its work as usual from Sunday, 14 March 2021.

—————————-

Embassy of Nepal

Doha, Qatar

10 March 2021