क्षमादान सम्बन्धी सूचना

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका २१ (एक्काईस) जना नेपालीहरूलाई क्षमादान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

क्षमादान पाउनेहरुमा याैनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भाेगिरहनु भएको थियोे ।

क्षमादान पाउनुभएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको छ।

…………………………
नेपाली राजदूतावास, दोहा ।
२०७९।०१।०६