दोहाबाट काठमाण्डौ यात्रा गर्दा अन्य व्यक्तिको बहुमुल्य वस्तुहरु नबोक्ने सम्बन्धमा कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

हालैका दिनहरुमा कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ ।

तसर्थ, कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा अनुरोध छ ।

दोहाबाट काठमाण्डौ यात्रा गर्दा खरिदबील साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानुनले तोकेको परिमाणभन्दा बढी यस प्रकारका बहुमुल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत हुनाको साथै कानूनी कारबाहीको भागिदार समेत हुनुपर्ने हुँदा जुनसुकै बहानामा भएपनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्नुहुन सबैमा सचेत गराइन्छ ।

 

नेपाली राजदूतावास, दोहा

२०७७/९/२०