नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानहरू ३१ मे २०२१ सम्म स्थगित गरिएको सम्बन्धी सूचना

विश्वभर फैलिएको नयाँ भेरिएन्ट सहितको कोभिड-19 को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि हाल स्थगित भएका सबै नियमित अन्तर्राष्ट्रिय उडानहरु ३१ मे २०२१ सम्म स्थगित गरिने व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरण (Civil Aviation Authority of Nepal) बाट जारी कागजातबाट जानकारी हुन आएकोले सम्बन्धित सबैमा सूचित गरिन्छ।
———
२०७८/१/२९
नेपाली राजदूतावास, दोहा ।

Notice

This is to inform all the concerned that the suspension of International schedule flights has been extended till 31st May 2021 midnight, as per the notice issued by Civil Aviation Authority of Nepal.
————-

12 May 2021
Embassy of Nepal
Doha, Qatar.