नेपाल एयरलाइन्सको ३१ अगष्ट २०२० मा हुने उडानबारे सूचना

नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि ३१ अगष्ट २०२० मा एउटा उडान तय भएको जानकारी प्राप्त भएको छ ।उक्त उडानका लागि निम्न सूचनाहरु सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:
 
१.नेपाल सरकारको मिति २०७७/५/४ को निर्णयबमोजिम PCR परीक्षण गरी ७२ घण्टा भित्रको Covid-19 Negative Certificate लिएका यात्रुले मात्र नेपाल यात्रा गर्न पाईनेछ । यात्रा गर्दा PCR Test को सक्कल प्रमाण साथमा राख्नु पर्नेछ ।
 
२.PCR Test नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र PCR Test गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।
 
३.होटल क्वारेन्टिनको खर्च टिकट काटने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एअरलाईन्सले नै गर्नु पर्नेछ।
 
४.PCR Test गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ ।यस्ता प्राईभेट अस्पतालको सूचिको लिङ्क निम्नबमोजिम रहेको छ: https://covid19.moph.gov.qa/EN/PublishingImages/HOSPITAL%20LIST-02.png
५.अत यस अघि टिकट लिई सक्नु भएका र राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी नाम प्रकाशित गरिसकेका यात्रुहरुले रिकन्फर्शेन/नयाँ टिकटका लगि सम्बन्धित एअरलाईन्सको निम्न ट्राभल एजेन्सीमा सम्पर्क राख्नु हुन अनुरोध छ:
 
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala
Mob +97466675150 Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np
 
६.हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम कतारी रियाल १,४३०/- लाग्नेछ ।
 
७.सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।
 
८.हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ।सो फारामको लिङ्क निम्नबमोजिम रहेको छ: https://ccmc.gov.np/doc_upload/nepal_return_form.pdf
 
९.साथै अरु थप उडान तय भए पछि प्राथमितका सूचिमा भएका नामहरु प्रकाशित गरिनेछ ।
………………………
नेपाली राजदूतावास, दोहा ।
२७ अगष्ट २०२०