नेपाल यात्रा गर्ने नेपालीहरुले पालना गर्नुपर्ने मापदण्ड सम्बन्धी सूचना

७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक एक उडानहरु सुचारु हुने तालिका प्रकाशित भएको सन्दर्भमा नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ अनुरुप कतारबाट नेपाल यात्रा गर्ने नेपालीहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिनेछ ।:

१. ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट ।

२. ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने । यो मापदण्ड दुवै मात्रा खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागू हुने । क्वारेन्टिन बस्न सकिने होटलको सूचि https://mofa.gov.np/wp-content/uploads/2021/06/List-of-Hotels-of-Quarantine-Purpose.pdf लिंकमा रहेको । क्वारेन्टिन बसेको चौथो दिनमा पि. सी. आर. परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने ।

३. आफन्तको अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबा को हकमा स्थानीय तहको सिफारिशको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी घर/गन्तव्य जान अनुमति दिइने ।

टिकट खरीद, क्वारेन्टिनका लागि होटल बुकिंग गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।

—————

२०७८।०२।२३

नेपाली राजदूतावास, दोहा