राजदूतावासबाट उपलव्ध हुने विभिन्न प्रकारका सेवाका लागि ईमेल मार्फत पत्राचार गर्दा निम्नबमोजिम ईमेल प्रयोग गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ:
कन्सुलर सेवा सम्बन्धी निम्न कामका लागि: consular.doha@mofa.gov.np
- चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC)
- अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney)
- कागजात प्रमाणिकरण (Consular Attestation)
- “जो जससंग सम्बन्धित छ” व्यहोराको पत्र
(Issuance of ‘To Whom It May Concern’ Letter)Visa - प्रवेशाज्ञा (Visa)
- गैरआवासीय नेपाली परिचय पत्र (NRN ID)
- शव नेपाल पठाउन जारी हुने कागजात ( Issuance of No Objection Certificate for sending dead body to Nepal)
राहदानी सम्बन्धी निम्न कामका लागि: passport.doha@mofa.gov.np
- राहदानी (MRP) पुरानो राहदानीको आधारमा नयां राहदानीको लागि आवेदन गर्दा
- नावालकको नयां राहदानीको लागि आवेदन गर्दा
- हराएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा
- जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रीएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा
- अस्थायी राहदानी (Temporary Passport)
- एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)
- व्यक्तिगत माग प्रमाणिकरण (Individual Demand Attestation)
श्रमसँग सम्बन्धी निम्न कामका लागि: labour.doha@mofa.gov.np
- मागपत्र प्रमाणिकरण (Attestation of Demand)
- घरेलु कामदारको पुनः श्रम स्वीकृति सम्बन्धमा
- श्रम सम्बन्धी जानकारी तथा गुनासाहरु
अन्य जानकारीका लागि: eondoha@mofa.gov.np
—————————————–
१४ असोज २०७७
30 September 2020