राजदूतावासको ईमेल सम्पर्कबारे सूचना

राजदूतावासबाट उपलव्ध हुने विभिन्न प्रकारका सेवाका लागि ईमेल मार्फत पत्राचार गर्दा निम्नबमोजिम ईमेल प्रयोग गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ:

कन्सुलर सेवा सम्बन्धी निम्न कामका लागि: consular.doha@mofa.gov.np

  • चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC)
  • अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney)
  • कागजात प्रमाणिकरण (Consular Attestation)
  • “जो जससंग सम्बन्धित छ” व्यहोराको पत्र
    (Issuance of ‘To Whom It May Concern’ Letter)Visa
  • प्रवेशाज्ञा (Visa)
  • गैरआवासीय नेपाली परिचय पत्र (NRN ID)
  • शव नेपाल पठाउन जारी हुने कागजात ( Issuance of No Objection Certificate for sending dead body to Nepal)

राहदानी सम्बन्धी निम्न कामका लागि: passport.doha@mofa.gov.np

  • राहदानी (MRP) पुरानो राहदानीको आधारमा नयां राहदानीको लागि आवेदन गर्दा
  • नावालकको नयां राहदानीको लागि आवेदन गर्दा
  • हराएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा
  • जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रीएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा
  • अस्थायी राहदानी (Temporary Passport)
  • एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document)
  • व्यक्तिगत माग प्रमाणिकरण (Individual Demand Attestation)

श्रमसँग सम्बन्धी निम्न कामका लागि: labour.doha@mofa.gov.np

  • मागपत्र प्रमाणिकरण (Attestation of Demand)
  • घरेलु कामदारको पुनः श्रम स्वीकृति सम्बन्धमा
  • श्रम सम्बन्धी जानकारी तथा गुनासाहरु

अन्य जानकारीका लागि: eondoha@mofa.gov.np

—————————————–

१४ असोज २०७७

30 September 2020