राहदानी आवेदन तथा वितरणबारे जरुरी सूचना

कतारमा बढ्दो कोभिड-१९ को संक्रमणसँगै कतार सरकारले हिजो मिति ७ अप्रिल २०२१ मा घोषणा गरेको कोभिड-19 नियन्त्रणका लागि लागू हुने थप नियन्त्रणका कदमहरुको पालना गर्नु हामी सबैको जिम्मेवारी हो।

यसै सन्दर्भमा यस राजदूतावासमा सकेसम्म भीडभाड कम गर्ने प्रयोजनका लागि राहदानी आवेदन गर्नेहरुले देहाय अनुरुप गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

  • राहदानीको म्याद ६ महिना भन्दा बढि हुनेहरुले आवेदन नगर्ने;
  • राहदानीको म्याद सकिएको भएता पनि कतार आई डी को म्याद हुनेहरुले तुरुन्तै कतै यात्रा गर्नु पर्ने अवस्था नभएमा राहदानीका लागि आवेदन नगर्ने;
  • राहदानी बनाउनै पर्नेहरुको हकमा राहदानी बिभागको वेवसाईटको निम्न लिंक https://online.nepalpassport.gov.np/PreEnrollment/home.html मा क्लिक गरी Pre-enrollment फाराम भरी सोको प्रिन्ट १ प्रति, सक्कल राहदानी, सोको प्रतिलिपि र नागरिकताको प्रतिलिपिसहित कार्यालय खुल्ने दिन(आईतबार देखि बिहिबारसम्म ) बिहान ९ बजे देखि अपरान्ह १२ बजेसम्म राजदूतावासमा आउन सकिने;
  • बनिसकेका राहदानी बुझिलिने सम्बन्धमा राजदूतावासको वेवसाईट तथा फेशवुक पेजमा अपलोड गरिएका सूचनामा उल्लेख भएको सिरियल नम्बर नोट गरी सक्कल राहदानी र शूल्क बुझाएको रसिदसहित कार्यालय खुल्ने दिन (आईतबार देखि बिहिबारसम्म ) अपरान्ह १२ बजे देखि ३ बजेसम्म राजदूतावासमा आफै उपस्थित भई राहदानी बुझिलिन सकिने।

————————

२०७७।१२।२६

नेपाली राजदूतावास

दोहा, कतार ।