राहदानी नवीकरणका लागि अनिवार्य कागजातहरु लिई आउने सम्बन्धी सूचना

यस राजदूतावासमा पछिल्लो समय राहदानी नवीकरणका लागि सेवाग्राहिको बढ्दो चापको कारणले राजदूतावासभित्र फाराम भर्ने तथा आवश्यक कागजात प्रिन्ट/फोटोकपी गर्नुपर्दा दूतावासको सेवा प्रवाहमा असर परेको हुँदा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले तल उल्लेखित कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:-
 
१. नेपालको राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा Apply Online (Pre-enrollment) भित्र गई अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट – १ प्रति
२. नागरिकताको प्रतिलिपि- १ प्रति
३. राहदानीको प्रतिलिपि (फोटो भएको पेज)- १ प्रति
४. सक्कल राहदानी
५. राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी Police Report को सक्कल र प्रतिलिपि
 
* राहदानी नवीकरण गर्दा Online Live Enrollment गरिने र सोको लागि फोटो राजदूतावासमै खिचिने भएकाले फोटो ल्याइरहनु नपर्ने।
 
* पुनश्च: राहदानी नवीकरण शुल्क कतारी रियाल १८५ तथा हराएको वा बिग्रिएको हकमा कतारी रियाल ३७० रहेको समेत जानकारी गराइन्छ।
 
२०७८/०४/३१
नेपाली राजदूतावास
दोहा, कतार।