राहदानी नवीकरणका लागि Pre-Enrollment फाराम भर्ने सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले आईतबार देखि बिहिबार सम्म बिहान ९ देखि दिउँसो १२:३० बजेसम्म तल उल्लेखित लिंकमा गई Pre-Enrollment फाराम भरेर लेखिएबमोद्मका कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:-
Pre-Enrollment फाराम भर्ने लिंक:
————————
https://online.nepalpassport.gov.np/PreEnrollment/home.html लिङ्कमा (वा राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा रहेको MRP मेन्यु भित्र Apply for MRP मा गई)
राहदानीका लागि Live-Enrollment का लागि राजदूतावासमा आउँदा साथमा लिएर आउँनुपर्न् कागदातहरू:
————————-
१. Pre-Enrollment अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोडसहितको फारामको प्रिन्ट – १ प्रति
२. नागरिकताको प्रतिलिपि- १ प्रति
३. राहदानीको प्रतिलिपि (फोटो भएको पेज)- १ प्रति
४. सक्कल राहदानी
५. राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी Police Report को सक्कल र प्रतिलिपि
नोट:
——
क)फोटोबारे
राहदानी नवीकरण गर्दा Online Live Enrollment गरिने र सोको लागि फोटो राजदूतावासमै खिचिने भएकाले फोटो ल्याइरहनु नपर्ने।
ख) शुल्कबारे
राहदानी नवीकरण शुल्क कतारी रियाल १८५ तथा हराएको वा बिग्रिएको हकमा कतारी रियाल ३७० रहेको (नगदमा)।
ग) E-Passport बारे
राजदूतावासहरुबाट E-Passport को आवेदन लिने प्रक्रिया सुरु भइनसकेको हुँदा हाललाई MRP नै नवीकरण गर्नुपर्नेछ। यसरी नवीकरण गरिएको MRP बहाल रहने म्यादसम्म (१० वर्ष) नै प्रयोग गर्न सकिनेछ।
—————-
२०७८/०९/०१
(१६ डिसेम्बर २०२१)